काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १६ ले 'ए' डिभिजन क्लब थ्री स्टारलाई सहयोग रकम हस्तान्तरण गरेको छ ।
महानगरको वडा १६ ले मंगलबार थ्री स्टारलाई ९ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
वडाका प्रमुख निर्मल रत्न शाक्यले क्लबका अध्यक्ष अरुणमान जोशीलाई चेक हस्तान्तरण गरेका थिए ।
थ्री स्टारको क्लब भवन निर्माणका लागि वडा कार्यालयले आर्थिक सहयोग गरेको हो ।
'थ्री स्टारले ललितपुरको नाम चम्काईरहेको छ । हामी यस क्लबलाई सहयोग गर्न पाउदा खुसी छौँ । क्लबलाई सहयोग गरिरहने प्रतिज्ञा गर्दछौं,' चेक प्रदान गर्दै वडाका प्रमुख शाक्यले भने ।
बिस २०७२ सालको बैशाखमा गएको विनासकारी भूकम्पले थ्री स्टारको क्लब भवन भत्किएको थियो ।
थ्री स्टारले मंगलबजारको भीमसेन मन्दिर अगाडी क्लब भवन निर्माण गर्ने तयारी गरिरहेको छ ।