काठमाडौं । सीसीआरसी र टाइम्स चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगितामा शनिबार फाइनलमा प्रवेश गरेका छन् ।
सीसीआरसीले ह्वाइटहाउसलाई ६५–४७ ले पराजित गर्यो । सीसीआरसीको जितमा अनमोल खत्रीले २३ अंक योगदान गरे ।
पेम्बा लामाको २९ अंक सहयोगमा टाइम्सले ज्ञान निकेतनलाई ६८–५० ले हरायो । फाइनल आइतबार हुनेछ ।