काठमाडौं । रोजबड स्कुलको आयोजनामा चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहने रोजबडका व्यवस्थापक बेनीबहादुर कार्कीले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।
गत वर्षको उपाधि सीसीआरसीले जितेको थियो । पुस १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बुद्धनगरस्थित आयोजककै कोर्टमा हुने छ ।