काठमाडौं । एसियन र चैतण्यले १० औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
एसियनले विज किड्सलाई ५७–२१ ले पराजित गर्यो । एसियनका पारस र मोहितले समान १६ अंक जोडे । चैतण्यले सेवा सदनलाई १७–८ ले हरायो । चैतण्यका समिर लम्सालले ७ स्कोर गरे ।
सिनियर ब्वाइजमै हेम्सले न्यु डनबस्कोलाई २३–१० तथा लिटिल फ्लावरले स्नो एपेक्सलाई २३–१६ ले पाखा लगाए । हेम्सका सुब्रद रायले ६ तथा लिटिल फ्लावरका विज्ञान अधिकारीले १५ अंक जोडे ।
जुनियर ब्वाइजमा काठमाडौं जेभियरले लिटिल फ्लावरमाथि ११–५ को जित निकाल्यो । काठमाडौं जेभियरका आदित्य अधिकारीले १० स्कोर गरे ।
सिनियर गल्र्समा स्पाङगेलले चैतण्यलाई ९–२, एसियनले केइएसलाई १५–६, स्वप्न वाटिकाले काठमाडौं नेसनललाई १८–६ र अक्सिडेन्टलले एआईएलाई ५–३ ले पन्छायो । स्पाङगेलकी रेशिका केसीले ६, एसियनकी आस्था महर्जनले १०, स्वप्न वाटिकाकी आर्जु चहरले ८ र अक्सिडेन्टलकी एलिनाले ४ अंक जोडे ।