काठमाडौँ। फिल साल्ट र सुनील नारायणको अधर्शतकसँगै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सलाई २६२ रनको लक्ष्य दिएको छ।
इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
साल्टले सर्वाधिक ७५ रन बनाए। ३७ बल खेलेका उनले ६ चौका र ६ छक्का प्रहार गरे। यस्तै, नारायणले ३२ बलमा ९ चौका र ४ छक्कासहित ७१ रन बनाए।
पहिलो विकेटका लागि उनीहरूले १३८ रनको साझेदारी गरेका थिए। वेंकटेश अय्यर ३९, कप्तान श्रेयस अय्यर २८ र आन्द्रे रसेल २४ रनमा आउट हुँदा रमनदीप सिंह ६ रनमा अविजित रहे।
पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक २ विकेट लिए। सैम करन, हर्ष पटेल र राहुल चाहरको नाममा १/१ विकेट रह्यो।