काठमाडौं । निम्स र आयोजक रेडिअन्टले सातौं उपत्यकाव्यापी रेडिअन्ट कप बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् ।
दोहोरो उपाधि जितेको निम्स सिनियर ब्वाइज र सिनियर गल्र्समा पहिलो भयो । रेडिअन्टले जुनियर ब्वाइजको उपाधिमाथि पनि कब्जा जमायो ।
सिनियर ब्वाइज फाइनलमा निम्सले आयोजक रेडिअन्टलाई ५१–४५ ले पराजित ग¥यो । निम्सको जितमा रोशन जिम्बाले १५ अंक योगदान गरे । सिनियर गल्र्सको उपाधि भिडन्तमा संगीता बुढाथोकीको ८ अंक सहयोगमा निम्सले द चाँदबागलाई २३–१४ ले हरायो ।
जुनियर ब्वाइजमा उपाधि जित्न रेडिअन्टले सेबमाथि २८–२३ को जित निकाल्यो । रेडिअन्टका राज रोकाले महत्वपूर्ण १५ अंक जोडे । निर्धारित समयको खेल २३–२३ को बराबरीमा सकिएको थियो । थप गरिएको ३ मिनेटमा रेडिअन्टले जित निकालेको हो ।
सिनियर ब्वाइजमा रेडिअन्टका सुवास जिसी, सिनियर गल्र्समा निम्सकी डोल्मा तामाङ र जुनियर ब्वाइजमा रेडिअन्टका राज रोका ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजा नेपालय, सिनियर गल्र्समा जेसिस इन्टरनेसनल स्कुल र जुनियर ब्वाइजमा मोक्सदाले अनुशासित टिमको उपाधि हात पारे ।
विजेतालाई संघीय सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसी, रेडिअन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ४ गतेदेखि सुरु प्रतियोगिताको सिनियर ब्वाइजमा २४, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिम सहभागी थिए ।