काठमाडौँ। एभर्टन इङ्लिस प्रिमियर लिगमा रेलिगेशन जोनमा रहेको लुटन टाउनसँग बराबरीमा रोकिएको छ।
केनिलवर्थ रोडमा शुक्रबार राति सम्पन्न खेलमा पाहुना टोली एभर्टन लुटन टाउनसँग १-१ गोलको बराबरीमा रोकिएको हो।
खेलको २४औँ मिनेटमा डोमिनिक क्याल्भर्ट-लेविनले गोल गर्दै एभर्टनलाई शुरूआती अग्रता दिलाएका थिए। तर, ३१औँ मिनेटमा एलिया अदेबायोले गोल गर्दै लुटनलाई १ अंक दिलाए।
१५औँ स्थानमा रहेको एभर्टनको ३६ खेलबाट ३७ अंक रहेको छ। लुटन समान खेलबाट २६ अंक जोड्दै १८औँ स्थानमा रहेको छ।