काठमाडौँ। सह–आयोजक अमेरिकाले कोरी एन्डरसनलाई समेट्दै आईसीसी टी–२० विश्वकप खेल्ने टोली घोषणा गरेको छ। कोरीले सन् २०१५ को एक दिवसीय विश्वकप न्यूजिल्यान्डबाट खेलेका थिए।
सन् २०१८ सम्म न्यूजिल्यान्डबाट खेलेका एन्डरसन ६ वर्षपछि क्रिकेटमा फर्किएका हुन्। न्यूजिल्यान्डका उत्कृष्ट अलराउन्डर रहेका एन्डरसन चोटका कारण न्यूजिल्यान्डको टोलीबाट बाहिरिएका थिए।
सन् २०१३ मा न्यूजिल्यान्डको टोलीमा डेब्यू गरेका उनले ३१ टी–२० आई, १३ टेस्ट र ४९ एक दिवसीय खेल खेलेका छन्। २०१५ मा न्यूजिल्यान्ड विश्वकपको फाइनल पुग्दा एन्डरसन टोलीका सदस्य थिए।
उनले सन् २०१४ मा न्यूजिल्यान्डबाट खेल्दा वेस्ट इन्डिजविरुद्ध ३६ बलमा १४ छक्का र ६ चौकासहित १३१ को अविजित इनिङ्स खेलेका थिए। अमेरिका ३१ वर्षका विकेटकिपर ब्याट्सम्यान मोनांक पटेलको कप्तानी विश्वकपमा उत्रिने छ।
हालै अमेरिकाले टी–२० सिरिजमा क्यानडालाई ४–० ले हराएको थियो। घरेलु टोलीले यही जुन २ मा विश्वकपको उद्घाटन खेलमा क्यानडासँग खेल्नेछ। समूह ‘ए’ मा अमेरिका र क्यानडासँगै भारत, पाकिस्तान र आयरल्यान्ड रहेका छन्।
अमेरिकी टोली :
मोनांक पटेल (कप्तान), आरोन जोन्स (उपकप्तान), एन्ड्रिज गौस, कोरी एन्डरसन, अली खान, हरमित सिंह, जेसी सिंह, मिलिन्द कुमार, निसर्ग पटेल, नितिश कुमार, नोष्टुश केन्जिगे, सौरभ नेत्रलोकर