काठमाडौं । अन्तराष्ट्रिय ओलम्पिक दिवसको अवसरमा उपत्यकाका ५२ प्रिस्कुलमा विविध कार्यक्रम गरेर मनाईएको छ ।
नेपाल ओलम्पिक कमिटि अन्तर्गतको स्पोर्ट्स फर अल कमिसन नेपालले ५२ प्रिस्कुलमा २/२ इभेन्ट्स गरेर कुल १ सय ४ कार्यक्रम आयोजना गरिएको जनाएको छ । जसमा १ हजार बालबालिकाको उपस्थिति रहेको बताईएको छ ।
नेपालमा दुई हजार बढी कार्यक्रम आयोजना गरेर ओलम्पिक दिवस मनाईदै छ ।
कमिसनले १९ दिन मनाईने ओलम्पिक डे को मुख्य कार्यक्रम भने जुन २३ (असार ९) मा हुने जनाएको छ ।
आधुनिक ओलम्पिक स्थानमा भएको दिनको अवसर पारेर मनाउन थालिएको ओलम्पिक डे जुन २३ (असार ९) मा विश्वभर मनाउने गरिन्छ ।
नेपालमा जेठ २२ गतेबाट असार ९ गतेसम्म विविध कार्यक्रम गरि मनाईने कमिसनले जनाएको छ । जसमा २ लाख २५ हजार ४ सय ४५ व्यक्तिको सहभागिता रहनेछ ।