काठमाडौँ। ब्याटिङ लाइनअप चल्न नसकेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
इडन गार्डेनमा टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५३ रन बनाएको हो।
दिल्लीका कप्तान ऋषभ पन्तले २७ रन बनाए। २० बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। अभिषेक पोरेल १८, अक्षर पटेल १५, पृथ्वी शा १३, जेक फ्रेजर मक्गर्क १२ रनमा आउट हुँदा कुलदीप यादव ३४ रनमा अविजित रहे।
कोलकाताका वरुण चक्रवर्तीले सर्वाधिक ३ विकेट लिए। वैभव अरोडा हर्षित राणाले २/२ विकेट लिँदा मिचेल स्टार्क र सुनील नारायणको नाममा १/१ विकेट रह्यो।