काठमाडौं । भारत र श्रीलंका १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत पुरुष कबड्डीमा आइतबार फाइनलमा प्रवेश गरेको छ ।
हल्चोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भारतले नेपाललाई ६२–२६ ले पराजित गर्यो । हारसंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।
पाँच राष्ट्र सहभागी पुरुष कबड्डीमा भारत शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । उपाधिका लागि भारतले श्रीलंकासंग खेल्ने छ ।
राउन्ड रोविन लिगको अर्को खेलमा श्रीलंकाले बंगलादेशलाई ३५–२० ले हराउदै समूह उपविजेताका रुपमा फाइनलमा स्थान पक्का गरेको थियो । बंगलादेशसंगै पाकिस्तानले तेश्रो स्थानमा चित्त बुझाए ।
महिलातर्फ भने नेपालले भारतसँग उपाधि भिडन्त पक्का गरिसकेको छ ।
सागको कबड्डीमा कुनैपनि टोली फाइनलमा पुगेको पहिलो पटक हो । फाइनल सोमबार हुने छ ।