काठमाडौँ। नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईंले वेस्ट इन्डिज ‘ए’ विरुद्धको चौथो खेल अनिलकुमार साहलाई आराम दिएका छन्।
वेस्ट इन्डिज ‘ए’ विरुद्धको शृंखलामा पनि उनले राम्रो प्रदर्शन गर्न सकेका छैनन्। ३ इनिङ्स खेलका उनी जारी शृंखलामा फ्लप भइरहेका छन्।
६.६६ को औसत र ८३.३३ को स्ट्राइक रेटमा उनले २० रन मात्रै बनाएका छन्। पहिलो खेलमा ९ बलमा ५ रन बनाएका उनी म्याथ्यू फोर्डेको बलमा कादिम एलीनबाट क्याच आउट भएका थिए।
दोस्रो खेलमा भने उनले ५ बलमा १ रन मात्रै बनाउन सके। ओशान थोमसको बललाई प्रहार गर्ने क्रममा उनी विकेटकिपर आन्द्रे फ्लेचरबाट क्याच आउट भए।
तेस्रो खेलमा १० बल खेलेकका अनिल २ छक्का प्रहार गर्दै १४ रन बनाएर पेभिलियन फर्किएका थिए। गुडाकेश मोटीको बलमा उनी कप्तान रोस्टन चेजबाट क्याच आउट भएका हुन्।