काठमाडौं । सेभेन रोलर एकेडेमी र बाबा दोश्रो रोलबल अन्तरविद्यालय प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । सेभेन रोलर ब्वाइज तथा बाबा गल्र्समा पहिलो भए ।
नेपाल रोल संघद्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सेभेन रोलरले बाबालाई ६–३ ले पराजित गर्यो । सेभेन रोलरका अन्सल श्रेष्ठ उत्कृष्ट खेलाडी, ओलम्पियाका सरन्स श्रेष्ठ उत्कृष्ट गोलरक्षक र रिब्सका राहुल खत्री सर्वाधिक स्कोरकर्ता बने ।
रिब्स स्कुलमा भएको प्रतियोगिताको गल्र्सको उपाधि भिडन्तमा बाबाले रिब्सलाई टाइब्रेकरमा १–० गोलले हरायो ।
रिब्सकी प्रसुना लामा उत्कृष्ट खेलाडी, बाबाकी याचु श्रेष्ठ उत्कृष्ट गोलरक्षक र बाबाकी पेमा छोमु लामा सर्वाधिक गोलकर्ता बनिन् ।