काठमाडौं । मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा शीर्ष वरियता प्राप्त खेलाडीले जितको यात्रा कायम राखेका छन् ।
आइतबार दोस्रो चरणको खेल सकिदा शीर्ष वरियताका पुरुषोत्तम चौलागाइ र तेस्रो वरियताका सुरविर लामासहित नेपालकै प्रेमकृष्ण मर्हजन,सजिन मर्हजन,सुमित पन्त, एफएम रिजेन्द्र राजभण्डारी,सिएम नविन तण्डुकार,तीर्थ राज सुब्बा,सिएम कृष्ण थापा र युवराज पौडेलले दुई अंक जोडेका छन् ।
भारतकी सन्ध्या जी,एजीएम सुभम शुक्ला,काजकस्तानका बैस्नोभ इस्लाम,पाकिस्तानका मोहम्मद साजाद र मलेसियाका इसाक मोहम्मद हफीजुलको पनि दुई अंक छ ।
दोस्रो चरणमा पुरुषोत्तमले राजेन्द्र बज्राचार्य,सुरविरले सुदिप तामाङ,सजिनले काजकस्तानका गब्दुसेभ अर्मान, सुमितले विवेक श्रेष्ठर रिजेन्द्रले सुश्रुत दाहाललाई पराजित गरे ।
यसैगरी तिर्थले मलेसियाका लि सोइ हक,बैस्नभले भारतका आर्नक कुशवाह,र इशाकले नेपालका सुरोज मर्हजनलाई हराएका हुन् ।
१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।
प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।
यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।
पहिलो दिन दोस्रो वरियताका क्षितीज भण्डारीले नेपालकै जगतलाल तुलाधरलाई हराए भने शीर्ष वरियताका पुरुषोत्तम चौलागाइले जापानका ताकाहासी रोयनुसुके, तेश्रो वरियताका सुरबिर लामाले मणीराज डागीँ तथा चौथो बरियताका सजिन मर्हजनले पुजा भण्डारीसंग प्रतिस्पर्धा गरिरहेका छन् ।