काठमाडौं । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीका धर्मपत्नी तथा अभिनेत्री अनुष्का शर्माले आफुलाई विराटको कपडा चोरेर लगाउने गरेको बताएकी छिन् ।
वोग पत्रिकासँगको एक अन्तर्वार्तामा अनुष्काले दराजबाट विराटले थाहा नपाउने गरि उसको कपडा निकालेर आफुले लगाउने गरेको खुलासा गरेकी हुन् ।
अनुष्काले विराटको टिसर्ट लगायतका समानहरु बढी प्रयोग गर्ने बताईन् ।
'वास्तबमा उसको दराजबाट मैले धेरै सामान निकाल्ने गर्छु । प्राय टिसर्ट र अन्य समान हुने गर्छ,' अनुष्काले भनिन्, 'कहिले ज्याकेट पनि लगाउने गर्छु ।'
अनुष्काले यस्तो कामबाट विराट खुसी हुने गरेको समेत बताइन् ।
'मैले विराटको कपडा लगाउँदा विराट खुसी हुन्छन् त्यसैले म यस्तो कार्य गर्ने गर्छु,' अनुष्काले थपिन् ।
विराट र अनुष्काले दुई वर्ष अघि इटालीमा विवाह गरेका थिए ।