काठमाडौं । नेपाल रोलबल संघको आयोजनामा दोश्रो अन्तरविद्यालय रोलबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
प्रतियोगितामा ब्वाइज र गर्ल्समा समान ९–९ टिम सहभागी छन् । प्रतियोगिताको चन्द्रागिरी नगरपालिका मेयर घनश्याम गिरीले एक कार्यक्रमबीच उद्घाटन गरे ।
रिब्स स्कुलमा भइरहेको प्रतियोगिताको पहिलो दिन ब्वाइजमा बाबाले विल्सनलाई ४–२ तथा सेभेन स्केटर्सले ओलम्पियालाई ४–१ ले पराजित गरे ।
ब्वाइजकै अर्को खेलमा बाबा र रिब्सले २–२ को बराबरी खेलेका थिए ।
प्रतियोगिताको फाइनल कात्तिक २५ गते हुने छ ।