पोखरा । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत साइक्लिङको पुरुष डाउन हिलमा आर्मीका राजेश मगरले स्वर्ण पदक जितेका छन् ।
पोखराको ड्यामसाइड नजिक रानीबनको ट्रयाकमा शनिबार राजेशले १ मिनेट ४९.१०२ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।
राजेशले १३ औं सागमा स्वर्ण पदक जितेका थिए ।
बागमतीका निरभ श्रेष्ठले १ मिनेट ५२.१०५ सेकेन्डको समय निकाल्दै रजत जिते ।
एपीएफ क्लबका प्रचित थापाले १ मिनेट ५५.६९२ सेकेन्डको समय सहित कास्य पदक जिते ।
महिलातर्फ आर्मीकी निश्मा श्रेष्ठले स्वर्ण पदक जितेकी छिन् ।