राष्ट्रिय खुला तेक्वान्दो बैशाखमा
चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता बैशाख २ गते हुने भएको छ। नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) को सह आयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगमा कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना गर्न लागेको प्रतियोगितामा ६ सय बढी खेलाडीको सहभागिता रहने तेक्वान्दोका मुख्य प्रशिक्षक एवं अन्तर्राष्ट्रिय निर्णायक नवीनकुमार श्रेष्ठले जनाएका छन्।












