तेक्वान्दोमा बागमतीलाई ३ स्वर्ण
बुधबार, बैशाख ५, २०८१खेलपाटी संवाददाता

काठमाडौँ। १४औँ केन्द्रीयस्तरीय राष्ट्रपति रनिङ शिल्डअन्तर्गत तेक्वान्दोमा पहिलो दिन बागमतीले सर्वाधिक ३ स्वर्ण जितेको छ। कोशीले २ तथा मधेश र कर्णालीले समान १–१ स्वर्ण जिते।
सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको छात्रा एकल पुम्सेमा सरगम थापा, छात्रा ४२ केजीमुनि सुप्रिया बजगाईँ र छात्र ५१ केजीमुनि करण धोलीले बागमतीलाई स्वर्ण दिलाए।
छात्र ५९ केजीमुनि सन्जल श्रेष्ठ तथा छात्रा ५३ केजीमुनि प्रज्ञा परियारले कोशीका लागि स्वर्ण जिते। छात्र एकल पुम्सेमा मधेशका निश्चल धामी थारु तथा छात्र ४९ केजीमुनि कर्णालीका निसान प्याकुरेलले स्वर्ण जिते।








-1753017726.jpeg&w=3840&q=75)



-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)