काठमाडौं । विश्व नम्बर एक इगा स्वेटेक युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेकी छिन् ।
न्युयोर्कमा बिहीबार भएको क्वाटरफाइनलमा अमेरिकाकी खेलाडी जेसिका पेगुलालाई हराउँदै स्वेटेकले अन्तिम चारमा स्थान बनाएकी हुन् ।
पोल्याण्डकी स्वेटेकले जेसिकालाई ६-३ र ७-६ (७-४) ले पराजित गरिन् ।
अब सेमिफाइनलमा स्वेटेकले आर्यना साबलेन्कासँग खेल्ने छिन् ।