काठमाडौं । पाहुना टोली युगान्डाविरुद्धको दोस्रो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपालले सुरुआतमा ब्याटिङ गरिरहेको छ ।
टियु क्रिकेट मैदानमा सुरुआतमा ब्याटिङ गरिरहेको नेपालले १३ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ५७ रन जोडको छ ।
नेपालका बिन्दु रावल २६ रनमा आउट भईन् । इन्दु वर्मा ५ तथा अप्सरी बेगम ३ रनमा आउट भईन् ।
सरिता मगर ११ रनमा अविजित छिन् । सिता राना मगर १ रनमा अविजित छिन् ।
नेपाल आज युगान्डालाई हराएर पहिलो खेलमा व्यहोरेको हारको बदला लिने योजनामा रहेको छ ।
सोमबार भएको पहिलो खेलमा युगान्डाले नेपाललाई १२ रनले हराएको थियो ।
युगान्डा भने नेपालविरुद्ध लगतार दोस्रो जित निकाल्न चाहन्छ ।
पाँच खेलको सिरिजमा युगान्डा १-० ले अघि रहेको छ ।