काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
आज सातदोबाटो पहिलो जितको खोजीमा रहेको छ पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।
यता, थ्री स्टार भने लगातार दोस्रो जितको खोजीमा रहेको छ । शीर्ष स्थानको थ्री स्टारले पहिलो खेलमा च्यासल युथ क्लबलाई ३-० ले हराएको थियो ।