काठमाडौं । सहिद स्मारक 'बी' डिभिजन लिग फुटबलमा अहिले बाँसबारी क्लबले श्री कुमारी क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा दुबै टिम जित निकाल्ने योजनामा रहेका छन् ।
बाँसबारी श्री कुमारीलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।
बाँसबारी ६ खेलमा १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
श्री कुमारी ६ खेलमा ६ अंक जोडेर आठौं स्थानमा रहेको छ ।