एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा अहिले मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
दुबईमा मुम्बईविरुद्ध दिल्लीले सुरुवातमा ब्याटिङ गर्ने भएको छ । दिल्लीले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
आज मुम्बई र दिल्ली जित निकाल्दै उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मुम्बई आईपीएलकै सर्वाधिक सफल टिम हो । मुम्बईले सर्वाधिक ४ पटक आईपीएल उपाधि जितेको छ ।
दुबईमा दिल्लीलाई हराएर मुम्बई पाँचौ उपाधि आफ्नो बनाउन चाहन्छ ।
दिल्लीको इतिहास भने मुम्बईको ठिक विपरित रहेको छ ।
दिल्लीले आईपीएलको उपाधि जित्न सकेको छैन । दिल्ली आईपीएलकै इतिहासमा पहिलो पटक फाइनल समेत पुगेको हो ।
त्यसैले दिल्ली मुम्बईलाई हराएर इतिहास रच्दै पहिलो उपाधि जित्न चाहन्छ ।
तर, दिल्लीबाट लगातार तेस्रो सिजन आईपीएल खेलिरहेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले फाइनलमा समेत मैदान उत्रने मौका पाएका छैनन् ।