काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा मनाङले १-० को अग्रता बनाएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा मनाङले अग्रता बनाएको हो ।
खेलको ५७ औं मिनेटमा निशान लिम्बुले गोल गर्दै मनाङलाई अग्रता दिलाएका हुन् ।