एजेन्सी । अर्जेन्टिनाका फुटबल लिजेण्ड डिएगो म्यारोडोनाले फरक क्युवाली श्रीमतीबाट जन्मिएको तीन बच्चालाई स्विकार गरेका छन् ।
म्यारोडोनाका वकिल माटीआस मोर्लाले क्युवाकी श्रीमतीबाट जन्मिएको ३ बच्चा म्यारोडोनाले स्विकार गरेको बताएका छन् । वकिल मोर्लाले म्यारोडोना तीन बच्चा स्विकार गर्न र परिक्षण गर्न क्युवा जाने समेत बताए ।
यसअघि म्यारोडोनाले पुर्व श्रीमती क्लाउडियोबाट जन्मिएका गियानिना र डाल्मालाई नकार्दै आएका थिए । यस्तै अर्का श्रीमती भेरोनिकाबाट जन्मिएका डिएगो फर्नान्डोलाई पनि म्यारोडोनाले स्विकार गरेका छन् ।
क्युवाली श्रीमतीबाट जन्मिएको बच्चा स्विकार गरेपछि म्यारोडोना ६ फरक श्रीमतीबाट ८ सन्तानका बाउ बनेका छन् ।
लागुऔषध कोकिनको लत छुट्टाउन म्यारोडोनाले सन् २००० देखि २००५ सम्म क्युवामा बिताएका थिए ।