काठमाडौं । आयोजक झापा-११ चौंथो संस्करणको झापा गोल्डकप फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ ।
सोमबार भएको क्वाटरफाइनलमा नेप्लिज एकेडमी हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै झापा सेमिफाइनलमा पुगेको हो ।
डोमालाल राजवंशी रंगशालामा प्रतिस्पर्धात्मक बनेको खेलमा एक मात्रै निर्णायक गोल झापाका गोल मेसिन मानिने कर्ण लिम्बुले गरे । खेलको ४३ औं मिनेटमा निशान खड्काको पासमा कर्णले हेडिङ गोल गरेका थिए ।
अब झापाले सेमिफाइनलमा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्ने छ । यता, बाई पाएर सिधै क्वाटरफाइनल खेलको नेप्लिज एकेडमी पहिलो खेलबाटै बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत मंगलबार विभागीय डर्बीमा नेपाल आर्मी र एपीएफ क्लब भिड्नेछन् ।
प्रतियोगिताको विजेताले १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार रुपैयाँ हात पार्नेछ ।