काठमाडौँ। चेल्सीमाथि कठिन जित हासिल गर्दै साविक विजेता म्यान्चेस्टर सिटी एफए कपको उपाधिनजिक पुगेको छ।
वेम्बलीमा शनिबार राति सम्पन्न खेलमा सिटीले चेल्सीलाई १-० गोल अन्तरले पराजित गरेको हो। सिटीको जितमा बर्नार्ड सिल्भाले गरेको गोल नै निर्णायक रह्यो।
उनले खेलको ८४औँ मिनेटमा गोल गरेका थिए। अब सिटीले उपाधिका लागि म्यान्चेस्टर युनाइटेड र कोभेन्ट्री सिटीबीच को विजेतासँग खेल्ने छ। यी दुई टोलीको खेल आइतबार हुने छ।