काठमाडौँ। खालीबारी युवा क्लबले शहिद स्मारक ‘सी’ डिभिजन लिगमा पुलचोक स्पोर्ट्स क्लबलाई पराजित गरेको छ।
एन्फा मुख्यालय सातदोबाटोमा सोमबार सम्पन्न खेलमा खालीबारीले पुलचोकलाई १-० गोल अन्तरले पराजित गरेको हो।
मार्बल सुनुवारले गरेको एक मात्र गोल निर्णायक बन्यो।
जितसँगै ६ खेलमा ८ अंक जोडेको खालीबारी सातौँ स्थानमा उक्लिएको छ। पराजित पुलचोक समान खेलबाट १२ अंकका साथ तेस्रो स्थानमा छ।