काठमाडौँ। भ्यालेन्सियाले स्पेनिस ला लिगामा ओसासुनामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। सोमबार राति सम्पन्न खेलमा भ्यालेन्सियाले घरेलु टोली ओसासुनालाई १-० गोल अन्तरले पराजित गरेको हो।
भ्यालेन्सियाका लागि एन्ड्रेस अल्मेडाले गरेको गोल नै निर्णायक बन्यो। उनले खेलको १८औँ मिनेटमा डिएगो लोपेजको पासमा गोल गरेका थिए।
जितसँगै भ्यालेन्सिया सातौँ स्थानमा उक्लिएको छ। भ्यालेन्सियाको ३१ खेलबाट ४७ अंक रहेको छ। ११औँ स्थानमा रहेको ओसासुनाको समान खेलबट ३९ अंक रहेको छ।