लामोसाँघु। सिन्धुपाल्चोक फुटबल क्लब र सुनखानी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिग छनोटको फाइनल प्रवेशका लागि खेल्ने भएका छन्।
लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा बुधबार बिहान सम्पन्न पहिलो खेलमा सिन्धुपाल्चोकले सुनकोशी स्पोर्ट्स क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ।
निर्धारित समयमा दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए। त्यसपछि पेनाल्टी सुटआउटबाट खेलको छिनोफानो गरिएको हो। जसमा सिन्धुपाल्चोकले बाजी मार्यो।
यस्तै, अर्को खेलमा सुनखानी युव क्लबले शिखर युवा क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चार प्रवेश गरेको छ।
यस्तै, बिहीबार दुई खेल हुँदैछ। बिहान साढे ८ बजे हुने खेलमा गाति युवा क्लब र अधेँरी युवा क्लबसँग खेल्नेछ।अर्को खेलमा दिउँसो साढे ३ बजे युथ स्पोर्ट्स क्लबले खुर्सानीबारी युवा क्लबसँग खेल्नेछ।
सोमाबारबाट शुरू भएको प्रतियोगिता आगामी बैशाख १ गतेसम्म चल्नेछ। प्रतियोगिताको विजेता र उपविजेता २०८१ मा आयोजना हुने जिल्ला लिगमा छनोट हुनेछ।