काठमाडौँ। नेपाली टोलीका ओपनर आशिफ शेखले वेस्ट इन्डिज ‘ए’ विरुद्ध अर्धशतक पूरा गरेर पेभिलियन फर्किएका छन्।
उनले ३२ बलमा अर्धशतक पूरा गरेका थिए। अर्धशतक पूरा गर्नेक्रममा उनले २ चौका र ५ छक्का प्रहार गरे। तर, त्यसपछि ३ बल खेलेका उनले १ रन थपे। उनी आबेद म्याकोइको बलमा म्यथ्यू फोर्डेबाट क्याच आउट भएका हुन्।