काठमाडौँ। अन्तरप्रदेश खेलकुदअन्तर्गत महिला फुटबलमा कोशी प्रदेश फाइनलमा प्रवेश गरेको छ।
बिहीबार भएको पहिलो सेमिफाइनल खेलमा मधेस प्रदेशलाई २–० गोल अन्तरले हराउँदै कोशी उपाधिनजिक पुगेको हो।
भरतपुरको शारफानगर फुटबल मैदानमा भएको खेलमा कोशीलाई जित दिलाउन प्रतीक्षा राईले दुई गोल गरिन्।
खेलको १७औँ मिनेटमा प्रतीक्षाले गोल गर्दै टिमलाई अग्रता दिलाइन्। पहिलो हाफमा १–० गोलको अग्रता बनाएको कोशीले दोस्रो हाफमा थप एक गोल गर्न सफल भयो।
प्रतीक्षाले खेलको ६२औँ मिनेटमा गोल गर्दै कोशीलाई २–० गोलको जितसँगै सेमिफाइनलमा पुर्याउन सफल भइन्।
खेलको प्लेअर अफ दी म्याद दुई गोल गरेकी प्रतीक्षा चुनिन।
अब कोशीले उपाधिका लागि सुदूरपश्चिम र कर्णालीबीचको विजेतासँग खेल्ने छ। दोस्रो सेमिफाइनल खेल शुक्रबार दिउँसो ३ः३० बाट शुरू हुनेछ।
ब्याडमिन्टनको सिंगल्सतर्फ पुरुषमा बागमतीका राजु थापा र महिलामा कोशीकी सीमा राजवंशी, डबल्सको पुरुषमा गण्डकीका विशाल खड्का र सुजन थापा तथा महिलामा गण्डकीकै दिलाशा राणा र तिलमाया राणाको जोडीले स्वर्ण जिते।
मिक्स डबल्समा कोशीका विशाल तामाङ र सीमा राजवंशीको जोडी पहिलो भए। टिम इभेन्टको पुरुष/महिला दुवैमा कोशी स्वर्ण जित्न सफल भयो।