काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ विरुद्धको पाँचौँ तथा अन्तिम खेलमा नेपालले चौथो सफलता हात पारेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरिरहेको वेस्ट इन्डिजले चौथो विकेटको रूपमा कप्तान रोस्टन चेजलाई गुमाएको हो।
२३ बल खेलका उनले ५ चौकासहित ३३ रन बनाए। उनी अविनाश बोहराको बलमा सन्दीप जोराबाट क्याच आउट भएका हुन्।