काठमाडौँ। लिओन्ड्रो ट्रोसार्डले गोल गरेसँगै आर्सनल यूईफएए च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लिगमा बायर्न म्युनिखसँग बराबरीमा रोकिएको छ।
एमिरेट्स स्टेडियममा मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली आर्सनल बायर्नसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
बुकायो साकाले खेलको १२औँ मिनेटमै आर्सनललाई अग्रता दिलाएका थिए। उनले बेन ह्वाइटको पासमा गोल गरे।
तर, ६ मिनेटपनि नै बायर्न खेलमा फर्कियो। बायर्नका लियोन गोरेट्जकाको पासमा सर्ज गेनावरीले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए।
३२औँ मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए। तर, ७६औँ मिनेटमा ट्रोसार्डले ग्राबियल येशुको पासमा गोल गर्दै आर्सनललाई हारबाट जोगाए।