काठमाडौं । बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिग फुटबलको अन्तिम ८ मा प्रवेश गरेको छ ।
बुधबार पीएसभी इन्दोभानदाई २–० गोल अन्तरले हराउँदै डर्टमण्ड प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
अन्तिम १६ को दोस्रो लेगको खेलमा डर्टमण्डले २–० को जित निकाल्यो र समग्रमा ३–१ को नतिजा सहित क्वार्टरफाइनल प्रवेश गर्यो ।
पहिलो लेगको खेलमा दुवै टिमले १–१ गोलको बराबरी खेलेका थिए ।
डर्टमण्ड तेस्रो मिनेटमा जाडोन सान्चोको गोलमा अघि बढेको थियो । मार्को रिउसले इन्जुरी समयमा गोल गर्दै डर्टमण्डको जित सुनिश्चित गरेका थिए ।
पीएसभीले बराबरीको पर्याप्त अवसर प्राप्त गरेको थियो । जसमा हिरविन लाजानोले खेर फालेका थिए ।
सान्चो खेलको प्लेयर अफ म्याच चुनिएका थिए ।