काठमाडौँ। कप्तान ऋतुराज गायकवाडको आक्रामक ब्याटिङसँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादलाई २१३ रनको लक्ष्य दिएको छ।
एम ए चिदंबरम स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २१२ रन बनाएको हो।
चेन्नईका गायकवाडले सर्वाधिक ९८ रन बनाए। ५४ बल खेलेका उनले १० चौका र ३ छक्का प्रहार गरे। डैरियल मिचेल ५२ र अजिंक्य रहाणे ९ रनमा आउट हुँदा शिवम दुबे ३९ र महेन्द्रसिंह धोनी ५ रनमा अविजित रहे।
हैदरावादका भुवनेश्वर कुमार, थंगारसु नटराजन र जयदेव उनादकटले १/१ विकेट लिए।