काठमाडौँ। शानदार लयमा रहेको कोशीसँग मधेश प्रदेशले एन्फा महिला लिग छनोटमा अंक खोसेको छ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली रंगशालामा आइतबार सम्पन्न दिनको दोस्रो खेलमा मधेशले शीर्ष स्थानमा रहेको कोशीलाई गोलरहित बराबरीमा रोक्दै अंक खोसेको हो।
४ खेलसम्म शतप्रतिशत जित हासिल गर्दै १२ अंक जोडेको कोशीले पाँचौँ खेलमा बराबरीमा चित्त बुझाएको हो। कोशीको ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक रहेको छ। योसँगै कोशी लिगमा छनोट हुन सफल भएको छ।
शीर्ष चारमा रहेको मधेशको समान खेलबाट ७ अंक रहेको छ। मधेशले ३ जित, १ बराबरी र २ हारको नतिजा आत्मसात् गरेको छ।