काठमाडौं । एट्लेटिको मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
बुधबार अन्तिम १६ को दोस्रो लेगको खेलमा इन्टरलाई पेनाल्टी सुटआउटमा हराउँदै एट्लेटिको अन्तिम ८ मा प्रवेश गरेको हो ।
पहिलो लेगको खेलमा इन्टरले १–० को अग्रता लिएको थियो ।
दोस्रो लेगको खेलमा एट्लेटिकोले निर्धारित समयको खेलमा २–१ को नतिजा निकालेको थियो । समग्रमा नतिजा २–२ को बराबरीमा आएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
जसमा एट्लेटिको मड्रिडले इन्टरलाई ३–२ गोल अन्तरले हराएको हो ।
निर्धारित समयको खेलमा अग्रता इन्टरले ३३ औं मिनेटमा डिमार्कोको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटमै एन्टोनियो ग्रिजम्यानले एट्लेटिकोका लागि बराबरी गोल गरे ।
खेल सकिन तीन मिनेट अघि डिपेले एट्लेटिकोका लागि गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेका थिए । अतिरिक्त समयको खेलमा दुवैतर्फबाट गोल हुन नसकेपछि निर्णय टाइब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा एटलेटिकोका गोलकिपर जान ओब्लाकले नायक बन्दै एलेक्सिस सान्चेज र डेवी क्यासेनको पेनाल्टी बचाएपछि स्पेनिस क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको हो । त्यसअघि इन्टरका लौटारो मार्टिनेजको प्रहार आकाशिएको थियो ।