काठमाडौं । अल नासर एसियन च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।
मंगलबार क्वार्टरफाइनलको खेलमा अल आइनसँग पेनाल्टी सुटआउटमा पराजित गर्दै अल नासर प्रतियोगिताबाट बाहिरिएको हो ।
दोस्रो लेगको खेलमा ४–३ ले जित निकालेपनि पहिलो लेगमा साउदी क्लब अल नासर १–० ले पछि परेको थियो ।
समग्रमा ४–४ गोलको बराबरी निस्किएपछि क्वार्टरफाइनलको खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।
पेनाल्टी सुटआउटमा रोनाल्डोले मात्र गोल गर्न सफल भएका थिए । जसमा अल नासर ३–१ गोल अन्तरले पराजित हुन पुग्यो ।
निर्धारित र अतिरिक्त समयको खेलमा अल नासरका लागि अब्दुल रहमान, एलेक्स टेल्स र क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए ।
अल आइनका सौफिआने रहिमी र सुल्तान अल सम्सीले गोल गरेका थिए । खादिल इसको आत्मघाति गोल अल आइनले उपहार स्वरुप पाएको थियो ।
अल नासरमा आएपछि रोनाल्डोले ५१ खेलमा ४३ गोल गरेका छन् । तर एसियाली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिताबाट रोनाल्डोको क्लब बाहिरिएको हो ।