काठमाडौं । कोल पाल्मर प्रेरित चेल्सीले प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाईटेडलाई हराएको छ ।
मंगलबार चेल्सीले घरेलु मैदानमा न्युक्यासल युनाईटेडलाई ३–२ गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा नायक रहे, पाल्मर । उनले एक गोल गरे, अर्को गोलको अवसर समेत सिर्जना गरे ।
छैटौं मिनेटमा निकोलस ज्याकसनले पाल्मरको पास सदुपयोग गर्दै चेल्सीलाई अघि बढाएका थिए । पहिलो हाफको ब्रेक अघि अलेक्जेन्डर इसाकले न्युक्यासलका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको ५७ औं मिनेटमा पाल्मरले चेल्सीको अग्रता दोब्बर बनाउने काम गरे । बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका मिखाइलो मुड्रिकले कोनोर गालाघरको पासलाई सदुपयोग गर्दै चेल्सीका लागि तेस्रो गोल गरे ।
खेलको अन्तिम मिनेटमा ज्याकब मर्फीले न्युक्यासलका लागि गोल गरेपनि टोलीको हार टार्न भने सकेन ।
यस सिजन मौरिसियो पोचिटिनोले चेल्सीका लागि ११ औं लिग खेलमा जित निकाल्न सफल भएका छन् । चेल्सी ३९ अंक सहित तालिकाको ११ औं स्थानमा छ । न्युक्यासल ४० अंक सहित तालिकाको दशौं स्थानमा छ ।