मकवानपुर । मकवानपुर बकैया गाउँपालिकाको भिरकोट खेल मैदानमा भएको चौथो बकैया गोल्ड कप पुरुष फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेलमा वडा नम्वर ६ र ७ विजयी भएका छन् ।
पहिलो क्वाटरफाइनल खेलमा वडा नम्वर ६ ले वडा नम्वर २ लाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
वडा नम्वर ६ कोतर्फबाट श्याम भोलनले सुरुआती गोल गरेका थिए । त्यस्तै अरुण भोम्जन र विवेक बज्युले थप १/१ गोल गरेका थिए । २ नम्वर वडाको तर्फबाट शेखर लोप्चनले सान्त्वना गोल गरेका थिए । खेलमा म्यान अफ दी म्याच वडा नम्वर २ का दीपेश जिम्बा भए।
दोस्रो क्वाटर फाइनल खेलमा वडा नम्बर ७ ले वडा नम्बर ९ लाई १-० गोल अन्तरले पराजित गरेका छ । वडा नम्वर ७ को तर्फबाट समिर राईले गोल गरेका हुन् । खेलमा म्यान अफ दी म्याच समिर राई भएका छन् ।