काठमाडौं । स्पेनिस क्लब सेभियाले जर्ज साम्पाओलीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
अर्जेन्टिनी प्रशिक्षक साम्पाओलीले सेभियासँग दुई वर्षको सझौता गरेका छन् ।
६२ वर्षीय साम्पाओली दोस्रो पटक सेभियाको मुख्य प्रशिक्षक नियुक्त भएका हुन् ।
यस अघि उनी २०१६/१७ मा मुख्य प्रशिक्षक रहेका थिए ।
सेभियाले जुलेन लोपेटेगुईलाई बर्खास्त गर्दै साम्पाओलीलाई टिम हेर्ने जिम्मेवारी दिएको हो ।
च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डसँग पराजित भएपछि सेभियाले जुलेनलाई बर्खास्त गरेको थियो ।
च्याम्पियन्स लिगको समूह चरण अन्तर्गत बुधबार राति सेभिया जर्मन क्लबसँग ४-१ ले पराजित भएको थियो ।
५६ वर्षीय स्पेन तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जुलेन २०१९ मा सेभियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए ।
जुलेनले सेभियालाई युरोपा लिगको उपाधि दिलाएका थिए ।