काठमाडौं । अर्बपति व्यापारी तथा टेस्ला कम्पनीका सीईओ एलोन मस्कले यो हप्ता एउटा ट्वीट गरेर हलचल मच्चाएका छन् । उनले इंग्ल्यान्डको फुटबल टिम म्यानचेस्टर युनाइटेडलाई किनिरहेको लेखेका थिए ।
पछि उनले सबैलाई चकित पार्दै आफू ठट्टा गरिरहेको बताए । मस्कले केहि घण्टा पछि भने कि यो केवल मजाक थियो।
म्यानचेस्टर युनाइटेडका धेरै फ्यानहरूले क्लबका वर्तमान मालिक ग्लेजरको विरोध गरिरहेका छन्। एलोन मस्कले यसअघि पनि यस्तै ट्वीट गर्दै आएका छन् ।
टेस्लाका सीईओ मस्कले ट्वीटर किन्ने सम्झौताबाट पछि हटेकोमा अमेरिकामा कानुनी मुद्दाको सामना गरिरहेका छन्।
उनी सामाजिक सञ्जाल ट्वीटरका नियमित प्रयोगकर्तामध्ये एक हुन् ।
बुधबार उनले आफ्नो राजनीतिक आवद्धताको बारेमा एक ट्वीट गरे र त्यसपछि अर्को ट्वीट थपे, 'म म्यानचेस्टर युनाइटेड पनि किन्न जाँदैछु। तपाईलाई स्वागत छ।'
५१ वर्षीय मस्कको ट्वीटले फुटबल जगतमा हलचल मच्चायो र फ्यानहरूले उनलाई 'के तपाई साँच्चै गम्भीर हुनुहुन्छ' भनेर सोधे, मस्कले पछि अर्को ट्वीट गरे: 'होइन, यो ट्विटरमा लामो समय चल्ने मजाक हो । म कुनै खेलकुद टोली किन्न गईरहेको छैन ।'