काठमाडौं । ब्राजिलियन स्ट्राइकर गाब्रियल जिसस आर्सनलमा अनुबन्ध हुने पक्का भएको छ ।
आर्सनलले प्रिमियर लिग प्रतिद्वन्दी म्यानचेस्टर सिटीबाट जिससलाई अनुबन्ध गर्न लागेको हो ।
२५ वर्षीय स्ट्राइकरको मंगलबार आर्सनलमा मेडिकल भएको छ ।
मेडिकल पूरा भएपछि जिससले आर्सनलसँग औपचारिक सम्झौता गर्ने छन् ।
उनले आर्सनलसँग पाँच वर्षको सम्झौता गर्ने छन् । सम्झौतापछि उनी २०२७ सम्म आर्सनलमा रहने छन् ।
जिसस २०१६ मा सिटी आएका थिए । उनले २०१७ मा सिटीसँग औपचारिक सम्झौता गरेका थिए ।
सिटीका लागि जिससले १ सय ५९ प्रिमियर लिगमा ५८ गोल र ३२ असिस्ट गरेका छन् ।
सिटीका लागि उनले ४ प्रिमियर लिग, एफए कप, ईएफएल कप र कम्युनिटी शिल्ड जितेका छन् ।