काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नर्वे र स्विडेनले जित निकालेका छन् ।
बिहीबार राति भएको खेलमा नर्वेले सर्बियालाई १-० ले हराएको हो ।
नर्वेको जितमा अर्लिङ हालाण्डले २६ औं मिनेटमा निर्णायक गोल गरे ।
यस्तै स्विडेनले स्लोभानियालाई २-० ले पराजित गर्यो।
स्विडेनको जितमा इम्मिल फोर्सवर्ग र डिजन कुलुसेभास्कीले एक एक गोल गरे ।
जितसँगै स्विडेनले लिग बी समूह ४ मा ३ अंक जोडेको छ । स्विडेन शीर्ष स्थानमा रहेको छ ।
यसै समूहको नर्वे ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।