काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेन र पोर्चुगलले बराबरी खेल्दै अंक बाडेका छन् ।
बिहीबार राति भएको खेलमा स्पेन र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
खेलको २५ औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ८२ औं मिनेटमा रिकार्डो होर्टाले गोल गर्दै पोर्चुगललाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।
यस बराबरीसँगै लिग ए समूह २ को स्पेनले पहिलो खेलमा १ अंक जोडेको छ ।
पोर्चुगलले पनि पहिलो खेलमा १ अंक जोडेको छ ।
स्पेन तेस्रो र पोर्चुगल दोस्रो स्थान रहेको छ ।
यसै समूहको अर्को खेलमा चेक रिपब्लिकले स्विजरल्याण्डलाई २-१ ले हराएको छ ।
चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।