काठमाडौं । नव जनजागृति युथ क्लब सिमराले चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको छ ।
पिप्ले–क्याम्पा रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा नव जनजागृतिले बागमती युथ क्लबमाथी २-० ले सहज जित निकाल्दै सुखद सुरुआत गरेको हो ।
जितसँगै नव जनजागृतिले अन्तिम आठमा स्थान बनाएको छ ।
नव जनजागृतिका लागि विवेक चौधरी र कृपा चौधरीले एक–एक गोल गरे ।
खेलको १३ औं मिनेटमा विवेकको गोलबाट जनजागृतिले अग्रता बनाएको थियो । त्यसपछि खेलको ७९ औं कृपाले गोल गर्दै टोलीलाई २-० को जित दिलाए ।
खेलको म्यान अफ दि म्याच नव जनजागृतिका विवेक घोषित भए । उनले नगद १० हजार र ट्रफी प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत शुक्रबार बिएफसी चितवन र चर्च ब्वाइज क्लबबीच खेल हुनेछ ।