काठमाडौँ। नेपालले सेन्ट्रल एशियन भलिबल एसोसिएसन (काभा)का महिला र पुरुषतर्फ दुई प्रतियोगिता आयोजना गर्ने भएको छ।
काभाले शनिबार सार्वजनिक गरेको वार्षिक क्यालेन्डरअनुसार नेपालले नेसन्स लिग (महिला) र क्लब च्याम्पियनसिप (पुरुष) आयोजना गर्ने भएको हो।
नेसन्स लिग अगस्ट १ देखि ७ सम्म काठमाडौँमा आयोजना हुने काभाले जनाएको छ। यसको पुरुषतर्फको प्रतियोगिता भने पाकिस्तानले आयोजना गर्ने भएको छ। इस्लामवादमा हुने प्रतियोगिता मे ११ देखि १७ सम्म हुने छ।
यस्तै, २०२४ को अन्त्यमा नेपालले क्लब च्याम्पियनसिप आयोजना गर्ने छ। काठमाडौँमै हुने प्रतियोगिता ७ देखि १४ डिसेम्बरसम्म आयोजना हुने काभाले जनाएको छ। महिलातर्फको प्रतियोगिता भने मालदिभ्सले आयोजना गर्ने भएको छ।
मालेमा आयोजना हुने प्रतियोगिता १४ देखि २० सेप्टेम्बरसम्म आयोजना हुने छ। उज्बेकिस्तानले यू-१८ महिला र पुरुष च्याम्पियनसिप आयोजना गर्ने छ। मालदिभ्सले महिला क्लब च्याम्पियनसिपसँगै, च्यालेन्ज कप र यू-२० महिला च्याम्पियनसिप आयोजना गर्ने छ।
श्रीलंकाले यू-२० पुरुष च्याम्पियनसिप र बंगलादेशले पुरुष च्यालेन्ज कप आयोजना गर्ने क्यालेन्डरमा उल्लेख छ।