स्याङ्जा। भूपू सैनिक र भुम्रे माध्यमिक विद्यालय वालिङ आठौँ अरहन्त मेमोरियल कपको समूह चरणबाटै बाहिरिएका छन्
वालिङ खेल मैदानमा शनिबार सम्पन्न खेलमा ज्ञानोदयसँग गोलरहित बराबरी खेल्दै भूपू सैनिक वालिङ प्रतियोगिताबाट बाहिरिएको हो।
पोल ‘ए’ पहिलो खेलमा भूपू सैनिक शान्ति क्षेत्र वालिङसँग १-० गोल अन्तरले पराजित भएको थियो। अर्को खेलमा भूपू सैनिक बेयरघारीसँग १-१ गोलको बराबरी खेल्दै भुम्रे पनि प्रतियोगिताबाट बाहिरिएको छ।
भुम्रेका लागि राजु सार्की र सैनिकका लागि रञ्जित थापाले गोल गरेका थिए। पोल ‘डी’ मा रहेको भुम्रे पहिलो खेलमा पर्वत इङ्लिस बोर्डिङ स्कुलसँग २-१ गोल अन्तले पराजित भएको थियो।
भूपू सैनिक चापाकोटले भूपू सैनिक बेयरघारीलाई २-० गोल अन्तरले पराजित गर्यो। चापाकोटका सुजल कम्चा र शिव विकले गोल गरे। पोल ‘सी’ बाट बाल विद्या वालिङ सेमिफाइनलमा पुगिसकेको छ।